सहकारीको विषयलाई सामान्य रुपमा नलिनुस् : चित्रबहादुर केसी

२०८१ असार २२, शनिबार

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनहरू फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । उनले सहकारीमा सीमित व्यक्तिहरूले ठूलो रकम हिनामिना गरेको बताए । उनले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने बताए ।

उनले भने ‘गठबन्धनहरू फेरिरहेका छन् । तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमोर्चाले यो सहकारीको रकम जुन ठूलो मात्रामा हिनामिना भएको छ । लाखौँ नेपालीको बिचल्ली भएको छ । यो चानचुन विषय होइन । जनताले नै दबाब नदिईकन नेपाली जनताले खाइ नखाई जोगाएको पैसा केही सीमित टाठाबाठाहरुले हिनामिना गरेका छन् । म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरूले पनि दबाब दिनुपर्छ ।’

अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार