काठमाडौँ : हनुमन्ते खोला सफाइ गर्ने क्रममा बिग्रिएर फसेको एक्स्काभेटर निकालिएको छ ।
मध्यपुरथिमि नगरपालिका र सूर्य विनायक नगरपालिकाले संयुक्त रूपमा हनुमन्ते खोला सफाइ गर्ने गरेको छ सोही क्रममा खोलामा एक्स्काभेटर बिग्रिएको थियो ।
एक्स्काभेटर निकाल्ने प्रयत्नमा भए पनि खोलामा आएको बाढीका कारण निकाल्न नसकिए पनि बाढी घटेपछि डोजर र क्रेनको सहायताले निकालिएको छ ।





