काठमाडौँ : भारतको उन्नाव जिल्लामा बुधबार बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएको हो।
दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ। साथै २० जना गम्भीर घाइते भएका छन्। अहिले प्रहरी घटनास्थल पुगेको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।





