संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो सबैलाई थाहा छ: गृहमन्त्री लामिछाने

२०८१ असार २८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उनले यस्ताे बताएका हुन्।

“संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति पत्र आएपछि थाहा होला। संविधान जोगाउन यो सहमति भएको भन्ने कुरा तर म र मेरो पार्टीले स्वकार गर्न सक्दैनन्। सहमति हुन सक्ला तर राष्ट्रिय सहमति कदापि हुन सक्दैन. एकाएक रातारात राष्ट्र र संविधानको चिन्ता कसरी भयो ? देशमा संकटकाल लागेको छ ? कतैबाट हमला भएको थियो ?”, उनले भने।

उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि खुल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार