काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका हुन् । भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् ।
ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।





