नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

२०८१ असार ३१, सोमबार

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार