प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

२०८१ श्रावण १, मंगलवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार