महिला एसिया कप : आज भारतको सामना गर्दै नेपाल

२०८१ श्रावण ८, मंगलवार

काठमाडौं : महिला एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ। भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो।

त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार