बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

२०८१ श्रावण ८, मंगलवार

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री भएका छन् ।

उनलाई एमालेका (२७) र कांग्रेसका (३७) गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार