पूर्वराज्यमन्त्री रायको अन्त्यष्टि

२०८१ श्रावण ९, बुधबार

सर्लाही : गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ ।

रायको मंगलबार साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो । रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै उनको अन्तिम संस्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रदेश अध्यक्ष भरत गिरी, पूर्वमन्त्री एवं सांसद महेन्द्रराय यादवलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । रायको हत्या घटनाको अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार