काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।

*यसअघि प्रवक्ताले २२ जनाको मृत्यु भएको जानकारी गराएकामा पछि प्राधिकरणले विवरण सच्याएकाले सोहीअनुसार समाचार पनि क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक





