मिर्गौला दान नपाएको भए मेरो १७औं पुण्यतिथि हुने थियो : प्रधानमन्त्री ओली

२०८१ श्रावण ९, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्ध दर्शनको थालनि भएको देश भएको बताएका छन् ।

डा.अजयक्रान्ति शाक्यले लेखेको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध दर्शनको थालनि भएको देश रहेको दावी गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा बुद्ध दर्शनलाई कमजोर हुन नदिने पनि बताए ।

बुद्ध दर्शनको एउटा पाटो दान संस्कृतिलाई ओलीले आफ्नै जीवनसँग तुलना गरेका थिए । दान ठूलो कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले मिर्गौला दिन नपाएको भए अहिले १७औं पुन्यतिथि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार