भागवण्डामा सहमति जुटेपछि कोशीमा सोमबार मन्त्रिपरिषद विस्तार हुने

२०८१ श्रावण १३, आईतवार

काठमाडौं : कोशी प्रदेशमा कांग्रेस–एमालेबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेपछि कांग्रेस एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको हो।

दुई दलबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेपछि सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले सरकार विस्तार गर्ने भएका हुन्। दुई दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेसले चार मन्त्री र एक राज्य मन्त्री लिने छ भने सरकारको नेतृत्व गरेको दल एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय पाउने छ। स्रोतका अनुसार यसअघि माओवादीले लिएका मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ।

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि अहिले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय खाली रहेको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार