चितवन : चितवनमा खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु भएको छ।
खैरहनी नगरपालिका ६ की ३१ वर्षीया चिनुमाया श्रेष्ठले खाना पकाउने क्रममा ग्याँस लिक हुँदा उनको शरीर जलेको थियो । घाइते श्रेष्ठलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ।





