काठमाडौं : पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ ।
सोमबार अभिनेता पल शाह आफ्नी आमा लिएर कोटिहोममा पुगे । कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन् । उनले मञ्चबाट सम्बोधन गर्नुका साथै नाचगान गर्दै रमाइलो गरे । पल शाहले कोटिहोममा भारी रकम दान पनि गरेका छन् । उद्घोषकले बताएअनुसार उनले १ लाख एक हजार १११ रुपैयाँ बुझाएका हुन् ।
उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइयो । उक्त दानपश्चात उद्घोषकले पनि पल शाहको गुणगान गाउन कुनै कसर बाँकी राखेनन् ।





