गाउँ फर्क अभियान सुरु गर्दै माओवादी

२०८१ श्रावण १५, मंगलवार

काठमाडौं : सत्ताबाट भर्खरै विमुख भएको नेकपा(माओवादी केन्द्र)ले पार्टीको क्षयीकरणको विषयमा गम्भीर परामर्शमा जुटेको छ। शुक्रबारदेखि जारी माओवादी पदाधिकारीको बैठक मंगलबार सकिँदै छ। अब स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाइने नेताहरुले बताएका छन्। अब पार्टीका सम्पूर्ण संरचना चलायमान बनाएर जनतासँग टुटेको कडी जोड्ने माओवादीले जनाएको छ।

पदाधिकारी बैठक पछि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएर संगठनात्मक कार्यलाई तिब्रता दिने माओवादीको तयारी रहेको छ। पार्टीलाई सांगठनिक रुपमा मजबुद बनाउन नेताहरुले जनतासँगको सम्बन्धलाई पुनर्ताजगी दिने बताइरहेका छन्। पार्टी कमजोर बनाएको दोष अध्यक्ष प्रचण्डमाथि मात्रै लगाउनु न्यायोचित नहुने उपमहासचिव हरिबोल गजुेल बताउँछन्। उनले यसको भागीदार सबै पदाधिकारी र नेताहरु रहेको जिकिर गरे।

‘पार्टी कमजोर बन्नुमा प्रमूख भूमिका विगत लामो समय देखि नेतृत्वमा रहेका प्रचण्ड र अन्यको पनि उत्तिकै जिम्मेवारी रहेको छ ’,उपमहासचिव हरिबोल गजुेरेलले भने। उनले जारी पदाधिकारी बैठकमा नेतृत्वका कमजोरीलाई सहजै स्वीकार गर्ने कार्य अन्य पदाधिकारीबाट पनि भएकाले सबैले पार्टी क्षयीकरणको जिम्मेवारी लिनुपर्ने बताए।

‘जारी पदाधिकारी बैठकमा सबै कमजोरीलाई मिहिन ढंगले केलाएर गम्भीर समीक्षामा जुटेका छौं। ’, उनले भने, ‘पार्टी कमजोर हुनुको पछाडि सबै जिम्मेवार छन्। यो या त्यो बहानामा अरुलाई दोष लगाएर कोही पनि उम्किन मिल्दैन।’ माओवादीको संसदीय राजनीतिमा पुनरागमन पछि सुरु भएको पार्टीको क्षयीकरणको बारेमा अहिले सरकारबाट बाहिरिएपछि गम्भीर आत्मसमीक्षा गर्दै गाउँ फर्कने अभियान सुरु गर्ने उपमहासचिव गजुरेल बताउँछन्।

उनले अब माओवादीले सम्पूर्ण ध्यान पार्टी पुनर्निर्माणमा लगाइने जानकारी दिए। अब लगत्तै स्थायी र केन्द्रीय समिति बैठक बोलाएर पार्टी निर्माणको ठोस योजना बनाएर अघि बढ्ने उनले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार