बाँके : लक्ष्मी सनराइज बैङ्कको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडको कम्दि शाखाले बित्तिय सहयोग प्रदान गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का वडा सदस्य मङ्गल प्रसाद थारुको उपस्थितिमा मंगलवार भएको कार्यक्रममा लघुवित्तले राप्ती सोनारी ४ अन्तर्गत केन्द्र नम्बर ८७ कि सदस्य मन्जु थारु को छोरा शब्ददेब कुसुम्या थारुलाई एसइइ परिक्षामा उतिर्ण भएको भन्दै आर्थिक सहयोग प्रदान गरेको हो।
लघुवित्तले आफ्नो सामुदायिक बहन कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्ययनका लागि थारुलाई सहयोग गरेको जनाएको छ ।
सहयोग कार्यक्रममा लघुवित्तका शाखा प्रमुख केशवराज जैसिले लघुवित्तले गरेको आर्थिक सहयोगले थारुको शैक्षिक यात्राको खुड्किलामा एक इट्टा थपिने आशा व्यक्त गरेका थिए । कार्यक्रममा सहयोग बुझ्दै थारुले सहयोग गर्ने संस्थालाई धन्यवाद भन्दै खुशी ब्यक्त गरेका थिए ।





