बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : रातिदेखि परेको अविरल वर्षाका कारण बाढीमा फसेका १५ जनाको उद्धार गरिएको छ। काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट खटिएको सुरक्षा टोलीले उद्धार गरेको हो।

अबिरल वर्षाका कारण उनीहरू बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे गणबाट उद्धार टोली परिचालन गरिएको शसस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार