काठमाडौँ : नेपाली सेनाले प्युठानमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ।
बुधबार प्युठानकाे मल्लरानी गाउँपालिका वडा नं-४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको हो।
ग्रिनेट जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।





