काँकडभिट्टा : इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ७ पालियाका २८ वर्षीय झकबहादुर खड्का छन्।
खड्का चार दिनअघि लागुऔषधसहित मेचीनगर– ६ बाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो। मंगलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।
खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए।





