काठमाडौं : मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् ।
उनलाई बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।करिव २० वर्षभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।
नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट ‘बिजनेस एडमिस्ट्रेसन’ विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।





