चूडामणि शर्मा पुनः डिल्लीबजार कारागार चलान, सकेनन् बिगो रकम बुझाउन

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् ।

साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् । डिल्लीबजार कारागारका जेलर (उपसचिव) रोम बहादुर महतले बुधवारदेखि शर्मा कारागारमा रहेको बताए । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् ।

बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार