इराकमा नौ वर्षकी बालिकाले विवाह गर्न पाउने कानुन आउँदै

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : इराकमा नौ वर्षकी बालिकाले विवाह गर्न पाउने कानुन आउँदै छ। इराकको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ।

अहिले केटीहरूको विवाह गर्ने उमेर १८ वर्ष रहेको छ। यो विधेयक पारित भएमा कानुनले केटीलाई नौ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिने छ। यसले बालविवाह र शोषणको चिन्ता बढाएको युनिसेफले जनाएको छ।

युनिसेफका अनुसार यसले महिलाको अधिकार र लैंगिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन्। मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन्।

यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाइ बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटना पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन्। इराकमा अहिले नै २८ प्रतिशत केटीले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार