रास्वपाको ‘क्लोज क्याम्प’ पाँचै प्रदेशमा जारी

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी छ। पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको ‘ क्लोज क्याम्प’ को आज दोस्रो दिन हो।

रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरुका लागि काठमाडौंमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो। सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्।

उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्। रास्वपाले सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र बिनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ।

प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ हिजो सकियो भने कोशीको आज हुँदैछ। कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन्। कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब/लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निश्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ।

रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार