यो सरकार देशलाई समृद्धिको जगमा लैजान बनेको हो : उपप्रधानमन्त्री सिंह

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : उप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्धिको मार्गमा लैजान नयाँ सरकार बनेको बताएका छन्।

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताको निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जाने गरी सहमतिका आधारमा सरकार बनेको बताएका हुन्।

सरकारले जनताका हरेक गुनासा, समस्या र निराशापन चिर्ने गरी काम गर्ने बताए। अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोले राजनीति निकास र आर्थिक विकासमा रहेर काम गर्ने उनको भनाइ छ ।

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए। आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिलेभन्दा धेरै काम गर्ने विश्वास दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार