म्यान्मारबाट बङ्गलादेश भागिरहेका रोहिङ्ग्यामाथि आक्रमण, २ सय जनाको मृत्यु

२०८१ श्रावण २७, आईतवार

काठमाडौँ : म्यान्मार छाडेर बङ्गलादेश गइरहेका रोहिङ्ग्यामाथि ड्रोन आक्रमण हुँदा कम्तिमा २ सयजनाको मृत्यु भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार म्यान्मारको रखाइन प्रान्तमा भएको उक्त ड्रोन आक्रमणमा महिला, बालबालिकासहित २ सयभन्दा बढी रोहिङ्ग्या मारिएका छन्।

आक्रमणका लागि मिलिशिया र म्यान्मारका सेनाले एक अर्कामाथि आरोप लगाएका छन्। रखाइनको तटिय सहर माउन्गडबाहिर म्यान्मारबाट भागेर बङ्गलादेश जाने रोहिङ्ग्या समुदायमाथि आक्रमण भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार