साइकलबाट लडेर महिलाको मृत्यु

२०८१ श्रावण २७, आईतवार

नवलपुर : नवलपुरको मध्यविन्दु नगरपालिकामा आफैले चलाएको साइकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मदनपुरको भित्री सडकबाट शेरीतर्फ जाँदै गर्दा साइकलबाट लडेर मध्यबिन्दु २ कि ४८ वर्षीया रामकुमारी महतोको मृत्यु भएको नवलपुर प्रहरीले जाएको छ । साइकलबाट लडेर घाइते भएकी महतोलाई उपचारको लागि मध्यविन्दु नगर अस्पताल चोरमारा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार