बङ्गलादेशको अदालतद्वारा प्रमुख सल्लाहकार यूनुस भ्रष्टाचार अभियोगमा निर्दोष प्रमाणित

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद यूनुस भ्रष्टाचार अभियोगमा निर्दोष पाइएका छन्।

आइतवार बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोगले उनलाई निर्दोष रहेको भन्दै सफाइ दिएको हो।

ढाकाको विशेष न्यायाधीश कोर्ट ४ का न्यायाधीश मोहम्मद रबीउल आलमले यूनुसमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी सबै आरोपलाई खारेज गरिदिएका हुन्।

यसअघि गत अगस्ट ७ मा ढाकाको एक अदालतले यूनुस र ग्रामीण टेलिकमका तीन उच्चपदस्थ कर्मचारीहरू अशरफुल हसन, नूरजहा बेगम र एम शाहजहालाई श्रम कानून उल्लङ्घनको मुद्दामा सफाइ दिएको थियो।

शेख हसिना सत्तामा रहेको समय यूनुससहित टेलिकमका अन्य कर्मचारीमाथि भ्रष्टाचार गरेको आरोपमा दर्जनभन्दा बढी मुद्दा दायर गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार