विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको सङ्ख्या नि उच्च छ : उपमेयर डङ्गोल

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरू बिदेसिने सङ्ख्यासँगै स्वदेश फर्किनेको सङ्ख्या पनि उत्तिकै बढेको बताएकी छन् । आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरूका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘बिदेसिने युवाहरूको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किने युवाहरूको पनि बाक्लो छ । युवाहरू विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उनले युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरूको लागि व्यवहारिक योजनाहरू पनि ल्याउनुपर्ने बताइन् । उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले भनिन्, ‘धेरै जना युवाहरू उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको पनि सपना भइसकेको छ । त्यसैले क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार