दाङ : दाङमा बस दुर्घटनामा परी २२ जना घाइते भएका छन्।
बुटवलबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ। लु १ ख ८४१२ नम्बरको बस जिल्लाको घोराही उपमहानगरपालिका-१७ बेलभारमा दुर्घटना भएको थियो।
चालक तुलसीपुर उपमहानगरपालिका-१८ का २९ वर्षीय विवेक कार्कीले एकाएक ह्यान्डल लक भएकाले बस दुर्घटनामा परेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।





