कुलमानले भ्रष्टाचार गरेको भन्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी

२०८१ श्रावण २९, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् । घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । विद्युत नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विनास्वीकृति पीपीए गरेर राज्यलाई घाटा पु¥याउने काम भएको दाबी गरिएको छ ।

यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार