काठमाडौँ : प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । शर्मा साउन ११ गते स्वदेश फर्किने कार्यतालिका छ । उक्त भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सर्वोच्चका सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन्। उनको बिदाइमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विमास्थल पुगेकी थिइन् ।





