आई.एम.ई. लाइफद्वारा प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण

२०८१ श्रावण ३०, बुधबार

काठमाडौं : आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन कम्पनीले मंगलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरेको छ।

आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गरिएको हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ। त्यसैगरी काठ्माडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रिहरु वितरण गरेको छ।

साथौ, धरान उप महानगरपालिकको सम्प७त्रगयतसर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार