बन्चरो प्रहार गरी बुबाको हत्या

२०८१ श्रावण ३०, बुधबार

सिन्धुली : सिन्धुलीमा छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरी स्थित लामपाते बस्ने अन्दाजी  ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् ।

उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटिइ बन्चरो प्रहार गर्ने अमृत घिमिरे विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको समेत प्रहरी निरीक्षक कट्वालको भनाइ छ । मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ भने अमृत माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार