झापामा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

२०८१ श्रावण ३०, बुधबार

झापा : झापामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मेचिनगर नगरपालिका-१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे.६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मंगलबार राति मृत्यु भएको हो ।

मृत्यु हुनेमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार