कुलमान भन्छन्-लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे

२०८१ श्रावण ३१, बिहीबार

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन्।

प्राधिकरणको बार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन्।

केही जिम्मेवार पदाधिकारी लगाएतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परिक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाव कसरी फेक हुन्छ भन्दै प्रश्न गरे।

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको जनाए। त्यस्तै उहाले आठ बर्ष अघि ३५ अर्व सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्व नाफामा पुग्नु ठूलो सुखद बिषय जनाए।

नेपालको विद्युत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सवै क्षेत्रमा विधुतिय गाडीहरु सञ्चालन हुन थालेको उनले बताए। घिसिङले बितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले १ खर्व लगानी गरेको जानकारी पनि दिए।

उनले आफ्नो दोश्रो कार्यकालको अन्तिम बार्षिकोत्सव मनाउने बर्ष भएको र अर्को बर्ष साउन २५ गते आफ्नो चार बर्षे कार्यअवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार