गठ्ठाघर दुर्घटना : मृतकको साथमा उत्तम कोइरालाको नामको कागजात फेला

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परेर ज्यान गुमाएका पुरुषको साथमा उत्तम कोइरालाको नामको कागजात फेला परेको छ ।

मृतकको साथमा फेला परेको ब्लुबुक र लाइसेन्समा ओखलढुंगा ठेगाना उल्लेख भएको उत्तम कोइरालाको कागजात भेटिएको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले हाम्रोदेशलाई बताए । डीएसपी कार्की भन्छन्, ‘कागजातको आधारमा हामी सनाखत गराउने प्रयासमा छौँ ।’  काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना.६ ख. २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार