काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९०० रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १७ सय ६० रूपैयाँ कायम भएको छ ।





