चन्द्रागिरिमा घरको छतबाट खसेर कामदारको मृत्यु

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरको  रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो । चन्द्रागिरि– १५ का धर्म दत्तको निर्माणाधीन घरमा रङ लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँ जरङ्खु डेरा गरी बस्ने ४१ वर्षीय अर्ण बहादुर थापा मगर घाइते भएका थिए ।

छतबाट खस्न साथ तत्कालै उपचारका लागि कंलकीस्थित सहिद अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार