दीपेश पुनले दिए संसदीय छानबिन समितिमा बयान

२०८१ भाद्र १, शनिबार

काठमाडाैं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता दीपेश पुनले सहकारी ठगी छानबिन समितिमा बयान दिएका छन् ।

संसदीय छानबिन समितिले शुक्रवार पुनसँग बयान लिएको हो । एमाले सांसद सूर्य थापा संयोजकत्वको समितिले सहकारी ठगीमा जेल परेका सहकारीका सञ्चालकसँग छलफल गर्दै आएको छ । त्यसक्रममा माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका पुनसँग बयान लिएको हो । पुन बुटवलको सुप्रिम सहकारीका सञ्चालक थिए ।

सहकारी ठगी सम्बन्धमा छानबिनका लागि पुनलाई गत २०८० चैत्र २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पुन सञ्चालक रहेको सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार