काठमाडौं : भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । उनी ओखलढुंगाको चिशंखुगढी नगरपालिका-४ रातमाटे घर भएका उत्तम कोइराला हुन्।
उत्तम शहीद परिवारका सदस्य रहेको पनि खुलेको छ। महेश २०३१ सालमा नेपाली कांग्रेसले पञ्चायती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिएका थिए । कांग्रेसले टिम्मुरबोटे काण्डका रूपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रूपमा चिनिन्छ । कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।
उत्तमको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । तर, उत्तमका आफन्तले दुर्घटनाको छानविनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् । उता, स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।





