भदौ १४ पछि के हुन्छ एनसेलको भविष्य ?

२०८१ भाद्र ४, मंगलवार

काठमाडौँ : आगामी भदौ १६ बाट देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेल कम्पनी खारेज हुने जोखिम बढेको छ ।

कम्पनीले भदौ १४ भित्र २३ अर्ब रुपैयाँ राजस्व तिरेर ५ वर्षपछि सबै श्रीसम्पत्ती सरकारको नाममा पास गरिदिने लिखित निवेदन दिएको अवस्थामा मात्रै एनसेलको लाइसेन्स जोगिने अवस्था छ । तर कम्पनी यो पैसा चुकाउन तयार देखिएको छैन । घट्दो ब्यापार र खुम्चँदो नाफालाई देखाएर एनसेलले एकै पटक यति ठूलो धनराशी तिर्न असमर्थता देखाएको छ । उसले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग किस्ताबन्दीको सुविधा मागेर राजनीतिक लबिङ गरिरहेको छ ।

प्राधिकरणले भने दूरसञ्चार सम्बन्धी कानुनमा किस्ताबन्दीको व्यवस्था नभएको भन्दै त्यस्तो सुविधा दिन नसकिने धारणा राख्दै आएको छ । उता, यसअघि माओबादी नेतृत्वको सरकारले गत फागुन ६ गते बसेको मन्त्री परिषद बैठकबाट ५ वर्षपछि सबै जायजेथा सरकारको नाममा आउने सुनिश्चितता गरेरमात्रै नविकरण हुनसक्ने निर्णय गरेको छ ।

यस्तो अप्ठेरो परिस्थितिमा के कसरी बाटो फुकाउने भन्ने स्पष्ट आधार नबन्दा नागरिकको हातमा भएको मोबाइल सेवा अव के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा प्रकाशन गरेको एक तथ्यांक अनुसार नेपालमा एनसेलका १ करोड २९ लाख ५२ हजारभन्दा धेरै मोबाइल फोन प्रयोगकर्ता छन् भने त्यसमध्ये ७६ लाख १७ हजारभन्दा धेरैले ब्रोडब्याण्ड इन्टरनेट चलाउँछन् ।

अब एनसेलको लाइसेन्स अवधि ८ कार्यदिनमात्रै बाँकी छ । भदौ १४ गते शुक्रबार भित्र नविकरण नभए कम्पनीको भविष्य के हुन्छ र त्यसपछि कम्पनीका सेवाग्राहीहरुको अवस्था के हुन्छ भन्ने अनिश्चय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार