काठमाडौँ : श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षि नगरपालिका– ८ का ४७ वर्षीय ओम प्रकाश अधिकारी रहेका छन् । उनले मंगलबार घरायसी विवादका कारण ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
अधिकारीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





