आफ्नै घरमा डोजर चलाएर मेयरले थाले बाटो बिस्तार अभियान

२०८१ भाद्र ६, बिहीबार

दाङ : दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर थाले बाटो बिस्तार अभियान थालेका छन् ।

स्थानीयले विभिन्न ठाउँमा गरेको अतिक्रमणका कारण लामो समयदेखि लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो। साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन। सडक कालोपत्रे मात्रै गरिएको थियो। झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो।मेयर चौधरीसहित डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार