अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

२०८१ भाद्र ६, बिहीबार

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एक तर्फी सञ्चालनमा आएको छ ।

बुधबार अपरान्ह ४ बजे पहिरो खसेर अवरुद्ध भएको सडक करिब २४ घण्टापछि एक पटकमा एउटा गाडी मात्र पार गर्न सक्ने गरी खुलेको हो ।पहिरो ठूलो भएकाले पूर्ण रुपमा सडक खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।

पृथ्वी राजमार्ग विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोलीले सडकको पहिरो हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार