हेटौँडा बसपार्कमा दाउ प्रहारबाट एक घाइते

२०८१ भाद्र ७, शुक्रबार

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा दाउ प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बसपार्क क्षेत्रमा रहेको वीरगन्ज बस काउन्टर नजिकै भएको घटनमा हेटौँडा-१ चाईनाक्वाटर बस्ने ७१ वर्षीय प्रेमबहादुर कार्की घाइते भएका हुन् ।

घाइते कार्की र हेटौँडा-१३ पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जाविच सामान्य विवादले उग्र रूप लिँदा गोम्जाले दाउ प्रहार गरेपछि कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दायाँ कानमा गहिरो चोट लागेको कार्कीको उपचारको लागि चितवन पठाइएको छ भने गोम्जालाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार