रकेट आक्रमणमा ११ जना प्रहरीको मृत्यु

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौँ : पाकिस्तानमा प्रहरीमाथि रकेट आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ।

पाकिस्तानको पञ्जाब राज्यमा बिहीवार अज्ञात समूहले प्रहरीको टोलीलाई लक्षित गरी भएको आक्रमणमा दर्जनभन्दा बढी घाइते भएका छन्।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आक्रमणकारीले केही प्रहरीलाई बन्धक बनाएर लगेका छन्। पञ्जाब प्रहरीका अनुसार मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।

यसैबीच, बिहीवार नै विद्यालयको भ्यानमाथि आक्रमण हुँदा २ जना बालबालिकाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार