काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि संस्थापक महामन्त्री मुकुल ढकालले आफ्नो प्रतिक्रिया दिएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि लामिछाने क्लबलाई पार्टीबाट निष्कासन गर्ने अधिकार नभएको बताएका हुन्।
उनले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ। नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टि गर्दै जानेछ।’





