प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता

२०८१ भाद्र ११, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री ओली र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका ओमानी विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटको क्रममा दुई देशबीच आपसी हित र सद्भावका साथै कुटनीतिक सम्बन्ध लगायतका विषयमा विषयमा कुराकानी भएको बुझिएको छ। ओमानी विदेशमन्त्री अल्बुसैदी मंगलवार नै स्वदेश फर्किनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार