यो सरकार बलमिचाइँबाट बनेको असंवैधानिक सरकार हो: अध्यक्ष दाहाल

२०८१ भाद्र ११, मंगलवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं विपक्षी दल नेता पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारसँग कुनै इमान नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले राजनीतिक बलमिचाइँबाट बनेको सरकारसँग कुनै इमान नभएको दाबी गरेका हुन्। ‘सरकारसँग इमान पनि छैन। इमान मात्र होइन कानुन पनि छैन। सरकारको जगमा संविधान पनि छैन भनेर म आरोपित गर्न चाहन्छु,’ दाहालले भने, ‘यो सरकार राजनीतिक बलमिचाइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार